काठमाडौं- केही मिनेटमै नतिजा दिने 'लुमिरा डिएक्स' नामक मेसिन नेपाल भित्रिएको छ । मेडिकल आयातकर्ता कम्पनी डाइग्नोभिजन इन्टरनेशनलले उक्त मेसिन नेपाल ल्याउको हो।
ल्याब परीक्षणको रिपोर्ट केही मिनेटमै दिन सक्ने लुमिरा डीएक्सका इन्टरनेशनल मार्केटिङ डाइरेक्टर पल क्याम्वेलले बताए। युके निवासी क्याम्वेल उक्त मेसिनको तौल एक केजीमात्रै रहेको बताए।
उनका अनुसार उक्त मेशिन ‘वन प्लेटफर्म मफ्टिपल टेष्ट’ का लागि माइक्रोफ्लुइडिक टेक्नोलोजीमा आधारित भएर निर्माण गरिएको हो । मेशिन सानो र हल्का भएपनि माइक्रोफ्लुइडिक प्रविधीका कारण छिटो र गुणस्तरीय रिपोर्ट दिनसक्ने उनको दाबी थियो।
हर्टअट्याकको लक्षण, सुगरको असर जस्ता परीक्षणका लागि मेसिन उपयोगी हुने बताइएको छ । उक्त मेसिनद्वारा सेवा दिन थालिएपश्चात् ल्याब परीक्षण सेवाको गुणस्तरीयता बढ्ने आयातकर्ता कम्पनी डाइग्नोभिजन इन्टरनेशनलका संचालक विकेश श्रेष्ठ बताउँछन्।