काठमाडौं- नेपाल जनस्वास्थ्य चिकित्सक समाजको नयाँ कार्यसमिति चयन भएको छ। डा सुनिल कुमार जोशीको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन भएको हो। यसअघि समाजको अध्यक्ष डा नरेश प्रताप केसी रहेका थिए।
नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा डा नास्तु शर्मा, महासचिव डा गुणनिधि शर्मा, सह- सचिवमा डा गजानन्द भण्डारी र कोषाध्यक्षमा डा मुरारी मान श्रेष्ठ चयन भएका हुन्।
यसैगरी सदस्यहरुमा डा. भीमसिंह टिंकरी, चुमनलाल दास, डा आशा पुन, डा दुर्गा भण्डारी र डा अनुज भट्टचन चयन भएका छन्। नयाँ कार्यसमितिले नेपालको स्वास्थ्य प्रणाली सुधारमा नेपाल सरकारलाई आवश्यक प्राविधिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।