काठमाडौं- काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेसको प्रमुख प्रशासनिक अधिकारीमा (सिओए)मा प्रद्युम्न श्रेष्ठ नियुक्त भएका छन्।
लामो समयदेखि केयू अन्तर्गत नै कार्यरत श्रेष्ठलाई सिओएमा नियुक्त गरेको केयू स्कुल अफ मेडिकल साइन्सेसले जनाएको छ।
श्रेष्ठले नयाँ जिम्मेवारीको पत्र लिइसकेका छन्। उनले संस्थाको विकास र विस्तारका लागि काम गर्ने प्रतिक्रिया दिएका छन्।