काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय स्वीकृत दरबन्दी बाहेकका स्वास्थ्यकर्मीहरुको विवरण माग गरेको छ। मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै एक साताभित्र विवरण पठाउन भनेको छ।
स्वीकृत दरबन्दी बाहेकका स्वास्थ्यकर्मीका लागि पनि तलव भत्ता माग भइरहेको भन्दै सोही प्रयोजनका लागि स्वास्थ्यकर्मीको विवरण माग गरेको मन्त्रालयले स्पष्ट पारेको छ।
‘स्वीकृत दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मीका लागि यस अघि नै ससर्त अनुदान मार्फत तलव भत्ता उपलव्ध गराइएको छ। अहिले त्यहाँ कार्यरत स्वीकृत दरबन्दी बाहेकका कर्मचारीका लागि यस आर्थिक बर्षको साउनदेखि आगामी असार मसान्त सम्मको थप तलबभत्ता माग आएको हुँदा उनीहरुको विवरण ढाँचा अनुसार मिलाएर पठाइदिनु होला,’ मन्त्रालयको परिपत्रमा भनिएको छ।