काठमाडौं- डा सन्तोष पौडेलले दायर गरेको रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा परेको छ। वीर अस्पतालका निर्देशकबाट हटाइएका डा सन्तोष पौडेलले पुनर्वहालीको माग राख्दै दायर रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा छ।
स्वास्थ्य मन्त्रीको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरी कामकाज गर्न दिन भनी दायर रिट न्यायाधीश फुयालको इजलासमा परेको हो। स्वास्थ्यमन्त्री बस्नेतले गत मंसिर १४ गतेको मन्त्रीस्तरीय निर्णयबाट पौडेललाई वीर अस्पतालको निर्देशक पदबाट हटाएर मन्त्रालयमा हाजिर हुन निर्देशन दिएका थिए।
उनले संसिर १८ गते दायर गरेको रिट चार पटकसम्म हेर्न नभ्याइनेमा परेको थियो। आज पनि उनको रिटको सुनुवाइ हुने नहुने टुंगो छैन।