काठमाडौं- नोना कोइराला स्मृती प्रतिष्ठानले स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। महाउज्ज्वल राष्ट्रदीप सम्मानद्वारा विभूषित संस्थाले मंसीर ३० गते शनिबार मिर्गौला, उच्च रक्तचाप, मधुमेह र हृदयरोगका बिरामीको जाँच तथा सचेतना मूलक कार्यक्रम संचालन गर्न लागेको हो।
केएचडिसी नेपाल र एक्सेल विकास बैंक बिर्तामोडको सहकार्यमा मधुग्राम देवता आधारभूत विद्यालय, बुढीगंगा गाउँपालिका २ मा उक्त शिविर आयोजना गरिने बताइएको छ।