काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयु) स्कुल अफ मेडिसिनको एसोसिएट डीन पदमा डा दीपक कुँवर नियुक्त भएका छन्।
गत २५ मंसिरमा बसेको केयुको कार्यकारी परिषद् बैठकले तीन वर्षका लागि एसोसिएट डिन पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
नव नियुक्त डीनलाई केयुले विस्तार गर्न लागेको विश्वविद्यालय अस्पतालको निर्देशकको भूमिका निर्वाह गर्ने, सो अस्पतालको मेन्टल हेल्थ सेन्टर सञ्चालन लगायत विभिन्न विभागहरुको स्थापनाका लागि योजना निर्माण गर्ने जिम्मेवारी दिएको छ।