काठमाडौं- नयाँ बानेश्वरस्थित एएसजी आइ केयरमा गत मंसिर १५ गतेदेखि एक महिने निःशुल्क आँखा जाँच सेवा सञ्चालन भइरहेको छ।
एम्स नयाँ दिल्ली, शंकर नेत्रालय जस्ता विशिष्ठ संस्थाहरूमा सेवा दिइसकेका अनुभवी वरिष्ठ चिकित्सक डा सबिन ढकाल र डा सौरभ पियाले आँख जाँचसम्बन्धी सेवा दिइरहेका छन्।
हालसम्म ५५० बढी बिरामीले सेवा लिइसकेको अस्पतालले जनाएको छ। बिना पट्टी, बिना सुई फेको विधिबाट मोतिबिन्दुको सर्जरी गरिने एएसजी आइ केयरमा निःशुल्क आँखा जाँच गर्ने अवसरको सदुपयोग गरि आँखाका समस्याबारे बिमारी पहिचान तथा उपचार गराउन अस्पतालले आग्रह गरेको छ।
अस्पतालले गत हप्ता मात्र आफ्नो १८ औं स्थापना दिवस मनाएको थियो।