काठमाडौं- केन्द्रीय कारागार अस्पतालमा कैदीबन्दीहरुको उपचार सेवासँग सम्वन्धित तथ्याङ्कलाई व्यवस्थित गर्न डिजिटलाइजेसन गर्न थालिएको छ।
पेपरलेस बनाई सहज, सरल, व्यवस्थित तथा प्रभावकारी वनाउनका लागि सफ्टवेयर सिस्टम जडान गरि कम्प्युटर सिस्टमलाई डिजिटलाइजेस गर्ने कार्यको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरितm सचिव डा विकास देवकोटाले दर्ता तथा बिलिड शाखा, कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दहालले वहिरंग विभाग, गृह मन्त्रालयका सहसचिव तथा प्रबक्ता नारायण प्रसाद भट्टराईले प्रगोगशाला विभाग र प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश बुढाथोकीले फार्मेसीको सांकेतिकरुपमा छुट्टाछुट्टै रिबन काटि उद्धघाटन गरेका छन्।
कार्यक्रममा अतिथि, प्रमुख अतिथि तथा विशिष्टि अतिथिहरुको स्वागत तथा अस्पतालको संक्षिप्त परिचय दिदै केन्द्रीय कारागारका प्रमुख मेडिकल सुपरितटेन्डेन्ट तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा प्रकाश वुढाथोकीले बिगत एक बर्षमा भएगरेका उल्लेखनीय कामहरुको जानकारी गराउदै केन्द्रीय कारागार अस्पतााललाई ओ एण्ड एम, स्वास्थ्य बिमा, विशेषज्ञ सेवा,सचेतनामुलक कार्यक्रमहरु संचालन गर्न थप सहयोग र सहजिकरण गर्न गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पदाधिकारीहरु समक्ष अनुरोध गरे।