काठमाडौं- नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष तथा वरिष्ठ रेडियोलोजिस्ट डा शंकर बहादुर सिंहको निधन भएको छ। सिंहको निधन भएकोमा नेपाल चिकित्सक संघले दुःख व्यक्त गरेको छ।
स्व डा सिंहले नेपालको चिकित्सा शिक्षा र चिकित्सा जगतमा दिएको योगदान सबैको मानसपटलमा सदा सर्वदा स्मरणयोग्य रहने संघले जनाएको छ।
इमान्दार, लगनशिल र वरिष्ठ रेडियोलोजिस्ट विशेषज्ञ चिकित्सकलाई गुमाउन पुगेकोमा नेपाल चिकित्सक संघ परिवारले दुख व्यक्त गरेको छ।