काठमाडौं- लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोगशालाको आयोजनामा आर्थिक वर्ष २०७९÷८० को प्रदेश स्तरीय प्रयोगशालाहरुको वार्षिक समिक्षा गोष्ठी दाङको घोराहीमा सम्पन्न भएको छ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक राजेश कुमार गुप्ताको अध्यक्षतामा सञ्चालन भएको उक्त गोष्ठीमा स्वास्थ्यमन्त्री राजु खनाल, स्वास्थ्य सचिव डा जर्नादन पन्थी, स्वास्थ्य निर्देशक डा विनोद कुमार गिरी, तालीम केन्द्रका बरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक नोद नारायण चौधरी, स्वास्थ्य महाशााखा प्रमुख स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशका डा पुष्पराज पौडेल, सेभ द चिल्डे«नका वरिष्ठ कार्यक्रम व्यवस्थापक मिम बहादुर सिंह लगायतको उपस्थिती थियो।
लुम्बिनी प्रदेशका १२ वटै स्वास्थ्य कार्यालयहरु, प्रादेशिक अस्पतालहरु, संघीय अस्पतालहरु, आयुर्वेद चिकित्सालयहरु तथा अन्य सरोकारवाला निकायहरुबाट वर्ष भरीमा प्रयोगशालासम्बन्धी प्रदान गरीएको सेवाहरुको प्रस्तुतीकरण साथै समग्र जिल्लाहरुमा सम्पादन भएको प्रयोगशालासम्बन्धी कार्यहरुको बारेमा छलफल र विश्लेषण गरिएको छ।
प्रस्तुतीकरणको क्रममा मुख्य गरी आवश्यकता अनुसार सम्बन्धित स्वास्थ्य संस्थाका प्रयोगशालाहरुमा सेवाग्राहीहरुको चापको तुलनामा जनशक्तिको व्यवस्थापन गर्ने, क्षयरोग निदानको लागी जिनएक्सर्पट साइटहरुमा कार्टिजको निरन्तरता गर्नुपर्ने, प्रदेशमा रहेका सम्पुर्ण प्रयोगशालाहरुको वीचमा सञ्जालीकरण र प्रयोगशाला सुचना व्यवस्थापन प्रणालीमा एकरुपता ल्याउन पर्ने जस्ता सुझावहरुको बारेमा छलफल र समिक्षा भएको छ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाले अनुगमनमा तिव्रता दिनुपर्ने, प्रयोगशालाकर्मीहरुको क्षमता अभिबृद्दि गनुपर्ने, जनस्वास्थ्य प्रयोगशालामा नियमित तथा बिशिष्ट परीक्षणको व्यवस्थापन गरि पे्रषण केन्द्रको रुपमा नेतृत्व गर्नुपर्ने, सरकारी तथा गैर–सरकारी प्रयोगशालाहरुको गुणस्तर नियन्त्रण कायम गर्नुपर्ने र स्थानीय तहमा संचालित प्रयोगशालाहरुको समेत जिल्ला स्तरीय समिक्षा गरी गुणस्तर नियन्त्रण गर्नुपर्ने, सबै प्रयोगशालाहरुलाई एउटा सञ्जालीकरण गरि एउटा सूचना व्यवस्थापन प्रणालीको सुदृढीकरण गर्न पर्ने जस्ता सुझावहरुलाई आगामी दिनहरुको लागि मुख्य कार्ययोजनाको रुपमा लिई रोगको परिक्षणका लागि प्रयोगशाला खोज्दै बाहिर जान नपर्ने गरि प्रयोगशालाको गुणस्तर बृद्धिमा ध्यान दिन प्रदेश मातहतका प्रयोशालाहरुलाई स्वास्थ्यमन्त्री राजु खनालले निर्देशन दिएका छन्।