काठमाडौं- वीर अस्पतालका पूर्व निर्देशक डा श्रवणकुमार चौधरीको निधन भएको छ। डा चौधरीको बुधबार राती उपचारका क्रममा निधन भएको हो। डा चौधरी पूर्व स्वास्थ्य सचिव डा पुष्पा चौधरीका श्रीमान हुन्। उनी २०६४ भदौदेखि २०६५ पुससम्म निर्देशकका रुपमा रहेका थिए।
यसैबीच पूर्वनिर्देशक चौधरीको निधनप्रति वीर अस्पतालले दुख व्यक्त गरेको छ। निर्देशक डा सन्तोष पौडेलले शोक वक्तव्य जारी गर्दै चौधरीको निधनप्रति दुख व्यक्त गरेका छन्।
'वरिष्ठ चिकित्सक डा श्रवण कुमार चौधरी, एक कुशल स्वास्थ्य सेवा व्यवस्थापक एवं नेतृत्वकर्ता मृदुभाषी तथा मिलनसार व्यक्तित्वको निधनप्रति अस्पतालले दुख व्यक्त गर्दछ' वक्तव्यमा भनिएको छ।