काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मध्यपुरथिमि नगरपालिका–४ ठिमीमा बस्दै आएका नेकपा (माओवादी केन्द्र) का नेता मातृका यादवको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
केही सातायता बिरामी परेका नेता यादवसँग भेट गरी प्रधानमन्त्रीले उनको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिएका हुन्। भेटमा उनले मध्यपुरठिमी चारदोबाटोस्थित सुन्दरबस्तीमा बस्दै आएका नेता यादवको शीघ्र स्वास्थ्य लाभको कामना गरे।
त्यसलगत्तै प्रधानमन्त्री दाहालले सुन्दरबस्तीका बासिन्दा र कार्यकर्तासँग भेट गरी यहाँको अवस्थाबारे जानकारी लिएका थिए।