काठमाडौं- नेपाल फर्मास्युटिकल एसोसिएसन फार्मासिस्टहरूको पारिश्रमिक समयमै उपलब्ध गराउन माग गरेको छ।
एक विज्ञप्ति जारी गर्दै एसोसिएसनले कलेज, औषधि उद्योग तथा फार्मेसीहरूमा कार्यरत फार्मासिस्ट तथा सहायक फार्मासिस्टहरूको पारिश्रमिक समयमा नदिने, पाउनुपर्ने सेवा सुविधा नदिने, सेवा अवधि समाप्त भएको धेरै समयसम्म पनि बाँकी रकम भुक्तानी नगर्ने, हुँदाहुँदै परिषद् नाम दर्ता प्रमाणपत्र समेत फुकुवा नगर्ने सम्मका कार्य भएको भन्दै ध्यानाकषण भएको जनाएको छ।
नेपालको जनशक्ति विदेशिनुको एउटा मुख्य कारण श्रम शोषण भएको भन्दै एसोसिएसनले यस्ता क्रियाकलाप रोक्न माग गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, औषधि व्यवस्था विभाग, नेपाल फार्मेसी परिषद् लगायत सरोकारवाला संस्थाहरूले यस्तो गतिविधि रोक्नको निम्ति भुमिका निर्वाह गर्न पनि माग गरिको छ।