भक्तपुर- नेपाल औषधि व्यवसायी संघ भक्तपूर जिल्ला शाखाको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनले पुनः नारायणप्रसाद भुषालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
भक्तपुरमा सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा बिनोदकुमार सापकोटा, थोक आयात तर्फ उपाध्यक्षमा किरण माकाजु श्रेष्ठ, खुद्रा तर्फ उपाध्यक्षमा सिताराम खाइतु, महासचिबमा संचार सिंह तामाङ, कोषाध्यक्षमा चेतन शाक्य, सचिवमा कपिल कसपाल, उप–कोषाध्यक्षमा तर्नबहादुर श्रेष्ठ, सदस्य थोक तर्फ कृष्णराज बुढाथोकी, सदस्य खुद्रा तर्फ मणिराज श्रेष्ठ सर्वसम्मत चयन भएका छन्।
त्यस्तै सदस्यहरुमा शर्मिला लोहला, रोहित मानन्धर, सुनिल कोजु र मनोनित सदस्यमा मुरारी नेपाल चयन हुनु भएको कार्यक्रम सञ्चालक एवं सचिव कसपालले जानकारी दिए।
त्यसअघि कार्यक्रमको उद्घाटन गर्दै नेपाल औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष प्रकाशकुमार खंडेलवालले राज्यले औषधि व्यवसायलाई नियमन गर्ने नाममा दुःख दिने नियत राख्न नहुने बताए। उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले औषधि बिक्रीमा हालै ल्याएको नीतीले व्यवसायलाई नै समस्या परेकाले तत्काल कार्यान्वनमा कठिनाइ आएको बताए। उनले व्यवसायीले मानवीय स्वास्थ्यमा संवेदनशील औषधिको बिक्रीमा गम्भिर हुनुपर्ने कतिपय नियम कानुनलाई कार्यन्वयन गर्दै जाने बताए।
केन्द्रीय अध्यक्ष खंडेलवालले अनुगमनको नाममा राज्यका विभिन्न निकायले व्यवसायीलाई दुःख दिने काम गरेको बताए।
कार्यक्रममा भक्तपूर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले मानवीय स्वास्थ्यसँग जोडिएकाले औषधि व्यवसायलाई गम्भिर ढंगले लिनुपर्ने बताइन्।
भक्तपुर उद्योग वाणिज्य संघका भक्तपुरका अध्यक्ष शिव प्रसाद मानन्धर, भक्तपूर चेम्बर अफ कमर्शका अध्यक्ष कविदास श्रेष्ठ, नेपाल औषधि व्यवसायी संघका केन्द्रीय महासचिव श्रीधर खनाल, बागमती प्रदेश अध्यक्ष ध्रुवनारायण श्रेष्ठ, प्रदेश महासचिव सुनिल श्रेष्ठ, संघका काठमाडौं जिल्ला कार्यवाहक अध्यक्ष शुभमान श्रेष्ठ, संघका ललितपुर जिल्ला शाखाका अध्यक्ष इन्द्रवीर महर्जनलगायतले औषधि व्यवसायलाई मर्यादित बनाउनुपर्ने बताए।
कार्यक्रममा संघका काभ्रे जिल्ला अध्यक्ष कृष्णप्रसाद तिमिल्सिना, धादिङ जिल्ला अध्यक्ष नवराज लम्साल, नुवाकोट जिल्ला अध्यक्ष टलकमान श्रेष्ठ, भक्तपुर अस्पतालका अध्यक्ष रमण कायस्थलगायतको सहभागिता रहेको थियो।
कार्यक्रमका सभापति एवं भक्तपुर शाखाका अध्यक्ष नारायणप्रसाद भुसालले सरकार व्यवसायमैत्री हुन नसक्नु दुर्भाग्य भएको बताए।