दोलखा- शैलुङ गाउँपालिकामा शनिबार आयोजित नि:शुल्क स्वास्थ्य शिविरबाट पाँच सयभन्दा बढी सेवाग्राहीले उपचार पाएका छन्।
शैलुङ गाउँपालिकाको वडा नम्बर ८ भैंसे स्वास्थ्य चौकीमा आयोजित स्वास्थ्य शिविरमा वडा तथा वडा वरपरका गाँउबाट सेवाग्राही उपचारका लागि आएका थिए।
एसएस फाउन्डेसनको पहलमा कुपन्डोलस्थित प्यासिफिक आईभीएफ क्लिनिकले बिरामीहरूको नि:शुल्क स्वास्थ्य सेवा र औषधि उपलब्ध गराएको हो।
शिविरमा डा श्वेता ढकाल, डा शैलेन्द्र पासवानसहिको ११ जना स्वास्थ्यकर्मीको टोलीले उपचारसहितको परामर्श सेवा दिएका थिए।
विशेष गरी शिविरमा स्त्रीरोग सम्बन्धी उपाचार भएको थियो। जसमा तीन सय बढी महिनाले नि:शुल्क स्त्रीरोगको उपचार गराएका थिए।
यस्तै, शिविरमा हाडजोर्नी, मानिसक, दम लगायतको रोगको पनि नि:शुल्क उपचार र परामर्श प्रदान गरिएको थियो।
यस्तै शिविरमा बिरामीहरूको नि:शुल्क सुगर जाँच (र्यानडम) पनि गरिएको थियो।