काठमाडौं- स्वास्थ्यकर्मीमाथि जातीय विभेद गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
मुगुमा एक स्वास्थ्यकर्मीले आफूमाथि जातीय विभेद भएको भन्दै प्रहरीमा जाहेरी दर्ता गरेपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।
मुगुको सोरु गाउँपालिका–९ खनायाँ स्वास्थ्य चौकीमा कार्यरत अनमी तुल्सा कुमारी विकले आफूमाथि जातीय विभेद भएको भन्दै प्रहरीमा जाहेरी दर्ता गरेकी हुन्।
विकले सोरु गाउँपालिका वडा नम्बर ९ की ५४ वर्षीय झ्यापु शाही, सुरजकुमार शाही र सोही पालिकाको वडा नम्बर ६ का धनप्रसाद भट्टविरूद्ध किटानी जाहेरी दिएकी थिइन्। धनप्रसाद भट्ट र झ्यापु शाहीलाई प्रहरीले पक्राउ गरिसकेको छ।
दाङ जिल्लाको तुल्सिपुर घर भएकी उनी लोकसेवा आयोगबाट ११ महिनाअघि सोरु गाउँपालिकामा अनमी पदमा सिफारिस भएर गएकी थिइन्। उनलाइ गाउँपालिकाले स्वास्थ्य चौकी खनायामा रहेर कामकाज गर्न खटाएको थियो।
‘