काठमाडौं- प्रजातान्त्रिक जनस्वास्थ्य संघमा नयाँ कार्यसमिति चयन भएको छ। मंगलबार काठमाडौंमा भएको भेलाबाट १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो।
विन्जवला श्रेष्ठको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरिएको हो। संघको वरिष्ठ उपाध्यक्षमा नरेश बाबु श्रेष्ठ, उपाध्यक्षहरुमा वृज कुमार दास, दयाकान्त पन्थ र तुलसी सुवेदी चयन भएका छन्। महासचिवमा विनोद जोशी र उपमहासचिवमा श्रीकृष्ण बस्नेत चयन भएका छन्।
सचिवमा निराजन पोख्रेल, कोषाध्यक्षमा रागीश्री कक्षपति, सहकोषाध्यक्षमा रणधिर कुमार यादवसहित सदस्यहरु सर्वसम्मत चयन भएका छन्।