काठमाडौं- ओस्कर विजेता फिल्म 'पारासाइट' अभिनेता ली सुन-क्यु मृत भेटिएका छन्। ४८ वर्षीय दक्षिण कोरियाली अभिनेता ली पार्किङ गरिएको कारमा मृत भेटिएका हुन्।
उनी कारको प्यासेन्जर सिटमा मृत भेटिएको स्थानीय सञ्चारमाध्यमलाई उद्घृत गर्दै बीबीसीले जनाएको छ। उनले आत्महत्या गवरेका हुन् वा मारिएका हुन् भन्ने विषयको यकिन भइसकेको छैन।
वर्षको सुरुवातमा ड्रग्स प्रयोगलाई लिएर उनी प्रहरी अनुसन्धानमा थिए। उनले बारकी महिला कामदारसँगै ड्रग लिइरहेको भेटिएको आरोप थियो।
उनी आफूलाई ड्रग्सबारे थाहा नभएको बताउँदै आएका थिए। तर प्रहरीले उनको घरमा पटक-पटक छापा मारेको थियो।
ड्रग्स टेस्ट भने नेगेटिभ आएको थियो तर यही झमेलाले आफ्नो ख्यातिमा हानी भएकोले मानसिक रुपमा विक्षिप्त रहेको बताइएको छ। यही कारण उनलाई फिल्म 'नो वे आउट' र टिभी सिरिजबाट निकालिएको थियो। विवाहित लीका दुई सन्तान छन्।