काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय स्वास्थ्य अनुकूलन योजनाका लागि राय सुझाव मागेको छ।
राष्ट्रिय स्वास्थ्य अनुकूलन योजना २०८०-२०८७ तयार गरी मस्यौदालाई अन्तिम रूप दिने कार्य भइरहेकोले योजनाका लागि राय सुझाव मागेको हो।
सरोकारवाला विज्ञ, सर्वसाधारण व्यक्ति संघसंस्थाहरुले योजनामा समावेश गर्नुपर्ने केहि विषयवस्तुहरु भएमा [email protected] मार्फत पठाउन मन्त्रालयले आग्रह गरेको छ।