काठमाडौं- सिन्धुली अस्पतालमा कार्यरत्त स्वास्थ्यकर्मीले पारिश्रमिक नपाएको भन्दै आगामी दिनमा सेवा नै बन्द गर्ने चेतावनी दिएका छन्।
अस्पतालमा कार्यरत्त छात्रवृत्ति करारका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले हालसम्मको पारिश्रमिक र दशैं तिहारको चाडबाड खर्च सुविधा नपाएकोले आगामी पुस १९ गतेसम्म पनि पारिश्रमिक नपाए ओपिडी तथा आकस्मिक सेवा बन्द गर्ने चेतावनी दिएका हुन्।
उक्त विषयमा गत मंसिर २९ गते नै बाग्मती प्रदेशस्थित स्वास्थ्य मन्त्रालय हेटौंडा, स्वास्थ्य सेवा विभाग टेकु तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई समेत जानकारी गराएपनि हालसम्म सम्बोधन नभएको भन्दै आगामी दिनमा सेवा नै ठप्प पार्ने चेतावनी दिएका हुन्।