काठमाडौं- नेपाल स्वास्थ्यकर्मी संघको नयाँ तदर्थ समिति गठन गर्न माग गरिएको छ। संघका अध्यक्ष रामजि घिमिरेले कुनै तहको अधिवेशन तथा पुर्ण केन्द्रीय कार्य समिति बैठक बसि संघलाई चलायामान बनाउन नसकेको भन्दै उनलाई तत्काल बखास्त गरि नयाँ तदर्थ समिति बनाउन माग गरिएको हो।
पार्टीले नयाँ तदर्थ समिति बनाएर सबै तहको अधिवेशन सम्पन्न गर्न निर्देशन दिन माग गर्दै केन्द्रीय समिति, सभापति, उपसभापति, महामन्त्री तथा ट्रेड युनियन कांग्रेससमक्ष नेपाल स्वास्थ्यकर्मी संघकै केही सदस्यहरुले माग गरेका छन्।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल स्वास्थ्यकर्मी संघको वैधानिकतामाथि प्रश्न उठाउदै स्वास्थ्यकर्मी संघका सदस्यहरुले पार्टी समक्ष निवेदन पेश गरेका हुन्। संघ नेतृत्वले समयमै अधिवेशन नगरेकाले संघ स्वंत विघटन भएको उनीहरुको भनाइ छ।२०७६ कार्तिक २२-२४ काठमाडौं सम्पन्न सातौ अधिवेशनको ४ वर्षे कार्यकाल यहि कार्तिक २४ मा समाप्त भएको तथा केन्द्रीय समितिले कुनै निर्णय नगरेको कुनै जिल्ला,प्रदेश,प्रतिष्ठान अधिवेशन गर्ने नसकेको, केन्द्रीय परिषद सम्पन्न गर्न नसकेको र डलर खेत मा मात्रै लागेको सदस्यहरुको भनाइ छ।