काठमाडौं- देशका विभिन्न मेडिकल कलेज तथा प्रतिष्ठानमा अध्ययनरत आवासीय चिकित्सकहरुले काठमाडौं मेडिकल कलेज (केएमसी)ले स्नातकोत्तर तह दोस्रो वर्षमा अध्ययनरत डा विशद दाहाललाई गरिएको एक महिनाको निलम्बनको निर्णय तत्कालै फिर्ता लिन माग गरेका छन्।
उनीहरुले संयुक्त विज्ञप्ति मार्फत निलम्बनको घोर भत्सर्ना गर्दै तत्काल निलम्बन फुकुवा गर्न कलेज प्रशासन समक्ष माग गरेका छन्। मागहरूलाई गम्भीरतापूर्वक लिएर तत्कालै समाधान नगरिएमा देशैभरिका आवासीय चिकित्सक आन्दोलनमा उत्रने चेतावनी समेत उनीहरुले दिएका छन्।
विकृतिको विरुद्धमा आवाज उठाइरहेका आवासीय चिकित्सक डा.विशद दाहाललाई गरिएको १ महिना लामो निलम्बनको घोर भत्सर्ना गर्दै तत्काल निलम्बन फुकुवा गर्न कलेज प्रशासन समक्ष माग समेत गर्दछौं। हाम्रो मागहरूलाई गम्भीरतापूर्वक लिएर तत्कालै समाधान नगरिएमा देशैभरिका आवासीय चिकित्सक आन्दोलनमा उत्रने चेतावनी समेत दिन चाहन्छौं साथै त्यसको जिम्मेवारी अस्पताल प्रशासनले लिनेछ,' आवासीय चिकित्सकहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ।
हेरौं विज्ञप्तिको पूर्णपाठ