काठमाडौं- भारतमा आइभीएफ अस्पतालहरूको नेटवर्कको रूपमा मान्यता प्राप्त इन्दिरा आइभीएफले नेपालका लागि काठमाडौंमा पनि आफ्नो केन्द्र खोल्ने घोषणा गरेको छ। भारतमा प्रजननसम्बन्धी समस्याका लागि अत्याधुनिक समाधानहरू प्रदान गर्ने संस्थाहरुमध्ये रहेको इन्दिरा आइभीएफ नेपालमा प्रवेश गरेको हो।
इन्दिरा आइभीएफ नेपाल केन्द्रकी प्रमुख तथा आइभीएफ विशेषज्ञ डा नेहा हुमागाईले भनिन्, “नेपालमा बाँझोपनको प्रभाव गहिरो हुन्छ। यसको असर गर्भधारण गर्न असक्षमताको स्थिती मात्र नभई त्योभन्दा धेरै टाढासम्म फैलिएको हुन्छ। यस्तो अवस्थामा दम्पतिहरूले ठूलो पीडा अनुभव गर्छन्, बहिष्करण र अक्षमताको महसुस गर्छन्। सन्तानविहीन हुनुको असर पश्चिमी समाजको तुलनामा विकासोन्मुख राष्ट्रहरूमा बढी नै हुने गर्छ।"
अब उपचारका विकल्पहरूको बारेमा चेतनाको कमिले बाँझोपनसँग जुधिरहेका व्यक्ति र दम्पतिका चुनौतीलाई सहज हुने उनको भनाइ छ।
“हाम्रो स्थायी मिशन भनेको बाँझोपनको बारेमा व्याप्त गलत धारणालाई सम्बोधन गर्नु हो। दम्पतिहरूलाई सही जानकारीको साथ सशक्त बनाउनु र विश्वस्तरीय उपचारका सुलभ विकल्पहरूमा पहुँच सुनिश्चित गर्नु हो,” इन्दिरा आइभीएफ नेपालकि केन्द्र प्रमुख तथा आइभीएफ विशेषज्ञ डा हुमागाईले भनिन्।
“नेपालमा इन्दिरा आइभीएफको विस्तारले बाँझोपनको पहुँचयोग्य, किफायती र विशेषज्ञ उपचारको अभावलाई पूरा गर्ने लक्ष्य राखेको छ। व्यापक हेरचाह प्रदान गर्न, बाँझोपनसँग सम्बन्धित मनोवैज्ञानिक र भावनात्मक पीडा कम गर्न र अभिभावकत्व तर्फको यात्रामा व्यक्ति र दम्पतिहरूलाई सशक्त बनाउन क्लिनिक प्रतिबद्ध छ”, इन्दिरा आइभीएफका संस्थापक तथा अध्यक्ष डा अजय मुर्दियाले भने।
२,४०० भन्दा बढी व्यक्तिहरूको समर्पित टीमको साथ भारतमा १२० भन्दा धेरै केन्द्रहरू सञ्चालन गर्दै आएको इन्दिरा आइभीएफले प्रत्येक वर्ष भारतमा ४०,००० भन्दा बढी आइभीएफ प्रक्रियाहरू सञ्चालन गर्दछ।
"हामी हाम्रा सेवाहरू भारतभन्दा बाहिर विस्तार गर्न र उन्नत प्रजनन उपचारको लागि विश्वव्यापी पहलमा योगदान गर्न पाउँदा उत्साहित छौं। इन्दिरा आइभीएफयी परिवर्तनकारी आविष्कारहरू अपनाउनेमा अग्रस्थानमा छ। हाम्रो प्रतिबद्धता व्यक्तिगत उपचारमा निहित छ भने हाम्रो विश्वास नवीनतम प्रविधिमा छ जसले सफलताको दर मात्र बढाउँदैन, बरू बाँझोपनको सामना गरिरहेका जोडीहरूमा आशाको सन्चार गर्दछ। हामी दम्पतिहरूलाई उनीहरूको अभिभावकत्वको सपना साकार पार्न सम्भावित हरेक अवसर प्रदान गर्ने प्रयास गर्छौं", इन्दिरा आइभीएफका सीईओ र सह-संस्थापक डा क्षितिज मुर्दियाले भने।
इन्दिरा आइभीएफ भारतको सबैभन्दा ठूलो बाँझोपनसम्बन्धी विशेषज्ञ क्लिनिक चेन हो जसको देशभरिमा १२० भन्दा बढी केन्द्रहरू छन् भने यसमा २,७०० भन्दा बढी उत्साही व्यक्तिहरूको कार्यदल छ। इन्दिरा आइभीएफले वर्षमा लगभग ४०,००० भन्दा बढी आइभीएफ प्रक्रियाहरू संचालन गर्दछ जुन भारतमा सबैभन्दा ठूलो संख्या हो।