काठमाडौं- काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालले अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा 'नयाँ वर्ष वेलनेश प्याकेज' सार्वजनिक गरेको छ।
आफन्त र साथीलाई अब अन्य उपहार हैन 'स्वस्थ जीवनका लागि स्वास्थ्य परिक्षणको उपहार दिऔं' भन्ने नारासहित जनवरी १ देखि १ महिनाका लागि 'ह्याप्पी न्यू इयर प्याकेज २०२४' ल्याएको हो।
अस्पतालका बजार प्रवर्ध्दन तथा जनसम्पर्क सहायक महेश न्यौपानेका अनुसार उक्त प्याकेजमा सुगर, मुटु, कलेजो र मिर्गौलासम्बन्धी रगतका जाँचहरुका साथै छातीको एक्सरे, इसिजी र भिडियो एक्सरे लगायतका परीक्षण सेवासहित विशेषज्ञ चिकित्सकसँग जाँच गराउने सुविधा उपलब्ध रहेका छन्। उनका अनुसार अस्पतालको नियिमत शुल्कमा झण्डै चार हजार पाँच सय पर्ने जाँचहरु सर्वसाधारण सबैले ह्याप्पी न्यू इयर २०२४ प्याकेज मार्फत २०२४ मै सजिलै लिन सकुन भनेर अस्पतालले १ महिनाका लागि साथीभाई आफन्त र अन्यलाई उपहार समेत दिन मिल्ने यस किसिमको प्याकेज सुरु गरेको हो।
स्तरिय स्वास्थ्य सेवा लिनबाट कसैले बञ्चित हुनु नपरोस भनेर र २५० मै विशेषज्ञ सेवा दिन सुरु गरेको यस अस्पतालले यो ‘न्यू इयर प्याकेज’ बाहेक पनि तीन हजारको ‘बेसिक देखि २० हजार सम्मको ‘प्लाटेनियम’ वेलनेस प्याकेज समेत घोषणा गरेको न्यौपानेले जानकारी गराएका छन्। उनका अनुसार फ्रन्टलाइन अस्पातालका स्तरिय स्वास्थ्य उपचार सेवाहरु अब समाजका सबै वर्गले सजिलै प्राप्त गर्न सक्नेछन्।