काठमाडौं- नेपाल रिमेडिज लिमिटेडले जाजरकोट भूकम्प पीडितका लागि एक लाख ट्याब्लेट पारासिटामोल( पेरेक्सोल) प्रदान गरेको छ। भूकम्प पीडितका लागि वितरण गर्ने गरी स्वास्थ्य सेवा कार्यालय, जाजरकोटमा पठाइएको रिमेडिजले जनाएको छ।
जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर ६. ४ म्याग्निच्यूडको विनाशकारी भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम) लगायतको क्षेत्रमा ठूलो संख्यामा मानविय र भौतिक क्षति भएको थियो। साथै आवश्यक थप सहयोग गर्न समेत तयार रहेको रिमेडिजले जनाएको छ।