काठमाडौं- वीर अस्पतालमा प्रशासनिक अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको छ।
वीर अस्पतालका कर्मचारीको नाममा अक्तियार दुरुपयोग अनुसन्धान आयोगसहित अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सम्पत्ति शुद्धीकरण विभाग, राष्ट्रिय सर्तकता केन्द्रमा उजुरी परेको हो।
उजुरीमा वीर अस्पतालका उप-सचिव (लेखा) थम नारायण शर्मा र (प्रशासन) बाबुराम घिमिरेले निर्देशक डा सन्तोष पौडेलसँग मिलेर प्रशासनिक अनियमितता, प्रि-पेड भष्टचार गरेको भन्दै आवश्यक छानबिन गरी कारबाही गर्न माग गरिएको छ।
उनीहरुहरुले दुई-दुई लाख लिँदै कार्यालय सहयोगी, कम्प्यूटर अपरेटर, ल्याब असिस्टेन्ट, सवारी चालक ज्यालादारीमा नियुक्ति गरेको, अस्पतालमा आफुनिकटसँग महंगोमा कोटेशनमा सामान खरिद गरि पहिले नै कमिसन लिने गरेको आरोप लगाइएको छ।
टेन्डरमा आउने सामानको भुक्तानी दिँदा सिधै २० प्रतिशत कमिसन माग्ने गरेको, ल्याब , रेडियोलोजी, एनेस्थेसिया भत्ता दिन कर्मचारीसँग कमिसन माग्ने गरेको, सामान हुँदाहुँदै कमिसनको लागि कोटेशनमा महङ्गोमा सामान खरिद गर्ने गरेको, ५ लाखमा मर्मत भएर सन्चालन हुने अक्सिजन मेसिन मर्मत नगरि दैनिक १ लाख खर्च गरि अक्सिजन खरिद गर्ने गरेको र अस्पताललाई वार्षिक ३ करोड घाटा पुर्याएको आरोप उजुरीमा लगाइएको छ।