काठमाडौं- केएमसी अस्पताल र आवासीय चिकित्सकबीच वार्ता सुरू भएको छ। अस्पताल प्रशासनले बिहीबार सडकमै बसेर धर्ना बसेका चिकित्सकलाई वार्ताका लागि बोलाएको हो।
अहिले आवासीय चिकित्सक टोलीबाट चार जना र अस्पताल प्रशासनबाट केपी शर्मासहितको टोलीबीच वार्ता भइरहेको छ।
काठमाडौं विश्वविद्यालयले समेत डा विशद दाहालको निलम्बन फिर्ता गर्न निर्देशन दिए पनि अस्पताललेनिलम्बन फिर्ता गरेको छैन। अस्पतालका सञ्चालक समेत रहेका कांग्रेस सांसद सुनिल शर्माले दाहाललाई काठमाडौं विश्वविद्यालयमै फिर्ता पठाइदिने बताएका छन्।