रुकुमपश्चिम- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्र तथा जिल्ला स्थित प्रादेशिक स्वास्थ्य सेवा कार्यालयहरु, स्थानीय निकायहरुसंगको समन्वयमा क्यानेडिएन रेडक्रस तथा नेपाल रेडक्रसको आपतकालिन क्लिनिक भुकम्प प्रभावित जिल्लाको रुकुम पश्चिम क्षेत्रको ७ दुर्गम स्थानहरुमा सम्पन्न भएको छ।
२०८० पुष १३ देखि संचालित उक्त घुम्ति स्वास्थ्य शिविर समापन संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रका प्रमुख डा प्रकाश बुढाथोकीको प्रमुख आतिथित्यतामा सानीभेरी नगरपालिकाको वडा नम्बर ६ को आधारभुत स्वास्थ्य सेवा केन्द्र खेतमा भएको छ।
उक्त कार्यक्रम वडा अध्यक्षको अध्यक्षता र जिल्ला अस्पताल तथा स्वास्थ्य कार्यालयका प्रमुख डा सुशिल पोखरेलको बिशेष अतिथीत्वमा भएको थियो। कार्यक्रममा परिवार नियोजन संघ, नगरपालिका, गाउपालिका, नेपाल तथा क्यानेडियन रेडक्रस प्रतिनीधिहरुले मन्तब्य राखेका थिए।
प्रमुख अतिथी डा बुढाथोकीले सरकार अभिभावकको रुपमा विपदमा पनि रहेको भन्दै कार्तिक १७ गतेको विपदको स्मरण गराउदै खानपान,दिनचर्या,जीवनशैलीमा ध्यान दिई विपदपछि हुनसक्ने पानीजन्य, खानाजन्य,छालाजन्य,चिसोजन्य संक्रमणबाट सवैलाई बच्न अनुरोध गरे। घुम्ती स्वास्थ्य शिविर आठबिस नगरपालिकाको वडा नम्बर ४,५ र ६ को लागी गोतामकोटबाट ६ सय १०,वडा नं ७ दाजेबाट ४ सय ६८ र सानीभेरी नगरपालिका वडा नम्बर ५ बाट २ सय ६६ र ६ बाट १ सय ९३ गरी जम्मा १६ सय ३७ ले सेवा लिएका थिए।
शिविरमा सामान्य चेक जाच,आकस्मिक सेवा,मनोसामाजिक परामर्श,परिवार नियोजन सेवा,औषधी बितरण तथा परामर्श सेवाप्रदान गरिएको थियो ।शिविरमा पाठेघरको समस्या,छालाको रोग,आ“खा सम्बन्धी र ग्याष्ट्रिकको समस्या बढी पाइएको नेपाल रेडक्रसकी टोली प्रमुख यशोदा पोखरेलले बताइन्।