काठमाडौं- फार्मेसीसम्बन्धी काम गर्ने भन्दै आपराधिक विश्वासघात गरेको आरोपमा एक जनाबिरुद्ध मुद्दा दायर भएको छ।
फार्मेसीसम्बन्धी काम गर्ने भन्दै एक कम्पनी दर्ता गरेर आफ्नै साझेदारलाई अपराधिक विश्वासघात गरेको भन्दै कास्कीका शिव पौडेलविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो।
उनले विभिन्न समयमा व्यवसायको प्रलोभन देखाइ टेक बहादुर गुरुङसँग दुइ करोड पाँच लाख रुपैयाँ लिएको जिल्ला सरकारी वकिल कार्यालयले दायर गरेको मुद्दामा उल्लेख छ। पौडेलले ग्राण्ड फर्मा नामक कम्पनी स्थापना गरी साझेदार टेकबहादुर गुरुङसँग विभिन्न समयमा उक्त रकम लिएका थिए।
उनको घरसमेत धितो राखेका पौडेलले कम्पनीले के गर्देछ। आम्दानी खर्चको अवस्था केछ भन्ने समेत जानकारी नदिएको गुरुङको भनाइ छ।उल्टो धम्क्याउने तथा गालिगलोज गर्ने गरेको गुरुङले बताएका छन्। पौडेललाई पाँच वर्षसम्म कैद र ५० हजार जरीवानाको माग दाबी गरिएको छ।