काठमाडौं- डा विशद दाहाललाई केएमसीले निलम्बन गरको विषयमा संसदको शिक्षा, स्वास्थ्य समितिको लिखित निर्देशनपछि काठमाडौ विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगका प्रतिनिधिसँग छलफल भइरहेको छ।
शिक्षा मन्त्रालयको समन्वयनमा केएमसी प्रशासन, काठमाडौ विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगका प्रतिनिधिबीच मन्त्रालयमा छलफल जारी छ।
छलफलमा विद्यार्थीको तर्फबाट भने कसैलाइ बोलाइएको छैन। फिल्ड वर्कका विषयमा डा विशद दाहालसँग विवाद भएपछि केएमसीले एक महिनाका लागि निलम्बन गरेको थियो।