काठमाडौं- कपिलबस्तुमा एक जना शिक्षककै घरमा खोप लगाउन नमानेपछि वडाको सुविधा रोक्न भन्दै पत्र पठाइएको छ।
बुद्धभुमि नगरपालिका वडा न ८ खैराहनियाको नवजागरण आधारभुत बिधालय बुद्धभूमि ९ भरियामा कार्यरत शिक्षक चनरजित यादवको छोरीलाई नियमित खोप लगाउन बाँकी रहेको र पटक पटक स्वास्थ्यकर्मीहरु घरैमा पुगेर यादवको अभिभावकहरुलाई खोप केन्द्रमा लगेर खोप लगाउनका लागि अनुरोध गर्दा समेत अनेक बाहाना बनाएको बताइएको छ।
खोप लगाउन अटेर गर्ने गरेकाले अनुस्का यादवका अभिभावकहरु तथा एकाघरका परिवारलाई वडा कार्यालयबाट सिफारिस तथा अन्य सुविधाहरु समेत रोक्का गनृ भन्दै हरिहरपुर स्वास्थ्यचौकीका प्रमुखले वडा कार्यालयलाई पत्र लेखेका हुन्।