काठमाडौं- भूकम्प प्रभावित जिल्ला रुकुमपश्चिम र जाजरकोटमा रेडक्रस आपत्कालीन स्वास्थ्य क्लिनिकबाट करिब दुई हजार जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ।
नेपाल रेडक्रस सोसाइटीले आज एक पत्रकार सम्मेलन गर्दै भूकम्प प्रभावित जिल्ला रुकुम र जाजरकोटमा रेडक्रस आपत्कालीन स्वास्थ्य क्ल्निीकबाट गरिब दुई हजार जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको बताएको हो।
विश्व रेडक्रस अभियानको एक अभिन्न अंगको रुपमा नेपाल रेडक्रस सोइसाइटीले स्थापना कालदेखि नै देशभरि विपद् व्यवस्थापन, सामुदायिक स्वास्थ्य , एम्बुलेन्स सेवा , रक्तसञ्चार सेवा , आँखा स्याहार,प्राथमिक उपचार, खानेपानी तथा सरसफाईको क्षेत्रलाई विशेष महत्वमा राखी काम गरिरहेको छ।
यी सेवा सञ्चालन गर्नका लागि नेपाल रेडक्रस सोसाइटीले ७ प्रदेश, ७७ जिल्ला शाखा,१५६४ उपशाखा र ६,८३२ जुनियर रेडक्रस सर्कलमा रहेका १२ लाख भन्दा बढी स्वयंसेवकहरु परिचालन गर्दै आइरहेको छ।
आगामी दिनमा विपद् व्यवस्थापन तथा प्रतिकार्य, सामुदायिक स्वास्थ्य सेवा, रक्तसञ्चार सेवा, एम्बुलेन्स, आँखा स्याहार, पर्यावरणीय संरक्षण, जनचेतना बढाउने लगायतका कार्यहरुलाई नेपाल रेडक्रस सोसाइटीले प्राथमिकतामा राख्ने जनाएको छ।
नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाको भृकुटीमण्डपस्थित मुख्य भवन निर्माण कार्य सम्पन्न भइसकेको तथा आगामी फागुन मसान्तभित्र उक्त भवनबाट सेवा प्रारम्भ गरिने नेपाल रेडक्रसले जनाएको छ।
यस संस्थाले प्रदेश तथा स्थानीय सरकारसँगको सहकार्यमा विपद् व्यवस्थापन, स्वास्थ्य सेवा प्रदान तथा मानवीय आवश्यकताको क्षेत्रमा आवश्यक सहयोग तथा साझेदारीमा विभिन्न प्रकारका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ।