काठमाडौं- प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले स्वास्थ्यमन्त्री मोहन बस्नेतसमेत जोडिएको टेरामक्स र एमडीएमएस खरिदका सबै कागजात मगाएको छ।
बिहीबार बसेको समितिको बैठकले एक साता भित्र यस सम्बन्धी सुरुदेखिका कागजात उपलब्ध गराउन निर्देशन दिएको छ।
कागजात प्राप्त भएपछि समितिले विज्ञहरूसँग छलफल गर्ने तयारी गरेको छ।
समितिले बिहीबार सञ्चार मन्त्रालयसँग टेरामक्स र एमडीएमएस खरिदका विषयमा छलफल गरेको थियो। उक्त प्रकरणमा स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत, गोकुल बाँस्कोटा, ज्ञानेन्द्रबहादुर कार्की सहितको नाम जोडिएर विवाद भइरहेको छ।