काठमाडौं- काठमाडौंमा भास्कुलर सम्बन्धी बृहत अन्तर्राष्ट्रिय सम्मेलन हिमालय इन्टरनेशनल भास्कुलर समिट (हिमभास) २०२४’ सुरु भएको छ।
ललितपुरको होटल हिमालयमा आजदेखि सुरु भएको सो तीन दिने सम्मेलनमा नेपाल सहित ४२ देशका विशेषज्ञ ३०० बढी चिकित्सक सहभागी छन्। समिटको मुख्य आयोजक नेपाल भास्कुलर सोसाइटी रहेको छ ।
सम्मेलन आयोजक समितिका अध्यक्ष एवं बरिष्ठ भास्कुलर सर्जन डा. सन्दीपराज पाण्डेले ४२ बढी देशका भास्कुलर संकायसंग जोडिएका चिकित्सक तथा अनुसन्धानकर्ता सहभागी भएको यो सम्मेलनले यो विषयसंग सम्बन्धित नयाँ नयाँ अनुसन्धान तथा उपचार पद्धतीको बारेमा अनुभव आदानप्रदान हुने बताए।
उनले नेपाल अहिलेसम्म यति बृहत रुपमा अन्तराष्ट्रिय स्तरका विज्ञ चिकित्सकहरु सहभागिता भएको भास्कुलर सम्बन्धी सम्मेलन नभएको दाबी गरे।
सम्मेलनमा भास्कुलर सर्जनहरु, कार्डियाक सर्जन, कार्डियोलोजिष्ट, भास्कुलर फेलोज, कार्डियाक सर्जरी फेलोज, सर्जिकल रेसिडेन्स, नर्स प्राक्टिस्नर्सको सहभागिता छ।