काठमाडौं- ह्याम्स अस्पतालले १३ गते शनिबार निशन्तान दम्पतीका लागि निशुल्क परामर्श सेवा दिने भएको छ। अस्पतालले सन्तान नभएका दम्पतीका लागि लक्षित गर्दै एक दिने निशुल्क परामर्श सेवा सञ्चालन गर्न लागेको हो।
परामर्श सेवा दिनेमा वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा भोला रिजाल, डा पदमराज पन्त, डा अतित पौडेल, डा सन्देश पौडेल, डा इच्छा उप्रेती, डा करिष्मा पाण्डे र डा रेशीस श्रेष्ठ रहेका छन्। उनीहरुले शनिबार बिहान १० बजेदेखि दिउसो २ बजेसम्म परामर्श सेवा दिने अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
परामर्श सेवासँगै उक्त दिन निसन्तान दम्पतीका लागि प्रयोगशाला परीक्षणमा २० प्रतिशत र पाठेघर जाँचमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको पनि विज्ञप्तिमा उल्लेख छ।