काठमाडौं- रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा पोषण विशेष कार्यक्रम अन्तरगत स्वास्थ्य सस्थाहरुमा अनसाइड कोचिङ मेन्टरिङ कार्यक्रम सम्पन्न भएको छ।
नगरपालिकाका बाह्र वटा स्वास्थ्य सस्थाहरुको सहभागितामा उर्लेनि आधारभुत स्वास्थ्य सेवा केन्द्रमा कार्यक्रम सम्पन्न भएको हो।
सो कार्यक्रममा महिला बालबालिका तथा किशोर किशोरिहरुको गुणस्तरिय स्वास्थ्य तथा पोषण सेवा प्राप्त गर्ने संवैधानिक अधिकारलाई सुनिस्चित गर्दै पोषण सेवा सम्बन्धित लक्ष्य हासिल गर्न रेशुङ्गा नगरपालिका भित्रका स्वास्थ्य सस्थाहरुबाट पोषण सम्बन्धि गुणस्तरिय सेवाकोलागि मापदण्ड प्रोटोकल निर्देशिकाको उपलब्धता सुनिस्चितताको लागि स्वमुल्याङ्कन गरि सुधारका लागि कार्ययोजना बनाइ कार्यान्वयन गर्ने प्रतिबद्धता समेत गरिएको छ।