काठमाडौं- सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल (साइमन)मा नयाँ कार्यसमिति चयन भएको छ। राजधानीमा भएको एक कार्यक्रममा साइमनको १५औं कार्यसमितिमा नयाँ पदाधिकारी र सदस्य चयन भएका हुन्।
साइमनको अध्यक्षमा डा रत्नमणि गजुरेल निर्विरोध चयन भएका छन्। यस्तै उपाध्यक्षमा डा मुकुन्द प्रसाद काफ्ले, महासचिवमा डा रमिला श्रेष्ठ, सहसचिवमा डा कुन्जाङ शेर्पा र सहकोषाध्यक्षमा डा कृष्णकुमार अग्रवाल चयन भएका छन्।
यसैगरी, सदस्यहरुमा डा शन्तकुमार दास, डा दुर्गा भण्डारी, डा मुकेश शर्मा पौडेल, डा नरेश पराजुली, डा दिपेन महर्जन, डा सरोज पोखरेल र डा शेरबहादुर कमर चयन भएका छन्।