काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले आफ्नै एक सय बेड क्षमतामा अस्पताल नभए पनि नर्सिङ अध्ययन गर्न दिने गरि प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले दिएको निर्देशनप्रति असहमति दर्ता गराएकी छिन्।
उनले चिकित्सा शिक्षा ऐनको मापदण्ड मिचेर दिइएको निर्देशनले नर्सिङको गुणस्तरलाई नै प्रतिकूल असर पर्ने बताएकी छन्।
‘केही सीमित बन्द भएका संस्थाहरुको हकमा ऐन नै मिचेर भएपनि नर्सिङ खोल्न दिने खालका विषय मात्र प्रतिवेदनमा आएको,’ उनले भनेकी छन्, ‘त्यसले समग्रमा स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्रको गुणस्तरलाई नै धरापमा पार्ने स्थिति हुन सक्छ।’
प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले माघ २ गते सय शय्याको अस्पतालसँग सम्झौता गरेर पठनपठाउन गराउने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको थियो।