काठमाडौं- सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साउदले ज्यान मार्ने धम्की दिएको भन्दै प्रहरीमा उजुरी परेको छ। मन्त्री साउद विरुद्ध बझाङको बुंगल नगरपालिका–१ का धनबहादुर बोहराले जाहेरी दिएका हुन्। सामाजिक विकास मन्त्रालयले स्वास्थ्यका विषय हेर्ने मन्त्रालय हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी तथा प्रवक्ता कुददीप चन्दले मन्त्री साउद विरुद्ध उजुरी आएको पुष्टि गरे। उजुरी आएपछि छलफलका लागि समेत बोलाइएको र सम्भवत आजै छलफल हुने डीएसपी चन्दले नेपाल लाइभलाई जानकारी दिए।
उनीहरुबीच लेनदेनको विवाद भएको हुनसक्ने प्रहरीले जनाएको छ। दुवै पक्षबीच लेनदेन हुने गरेको र अहिले सम्बन्ध बिग्रिएपछि उजुरी हालिएको हुन सक्ने प्रहरीले जनाएको छ।
यता बोहराले भने आफ्नो रकम मन्त्री साउद सापटी लगेको र फिर्ता माग्दा ज्यान मार्ने धम्की आएको बताउँदै जाहेरी दिएका छन्।