काठमाडौं- पाटन उच्च अदालतका न्यायाधीश मातृका मरासिनीको हृदयघातबाट निधन भएको छ। मंगलबार बिहान उनको निधन भएको हो।
न्यायधीश मरासिनीको शव कलंकीको नेशनल अस्पतालमा राखिएको छ। बिहान ९ बजेतिर एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल पुर्याइएको थियो।
अस्पतालले बिहान १० बजे मरासिनीलाई मृत घोषित गरेको उच्च अदालत स्रोतले जानकारी दियो। ५६ वर्षीय उनी सरुवा भएर दुई दिनअघि मात्र पाटन उच्च अदालत हाजिर भएका थिए।