काठमाडौं- दंगीशरण गाउँपालिकाको आयोजनामा ६२ औं राष्ट्रिय नर्सिङ दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।
सिनियर नर्स कौशिला केसीको अध्यक्षता, दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा दंगीशरण गाउँपालिकाका निमित्त प्रमुख प्रसासकिय अधिकृत बिनोद अधिकारीको आथित्यतामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो।
६२ औ नर्सिङ दिवसको अवसर पारी दंगीशरणका सम्पूर्ण स्वास्थ्य सस्थाहरुमा कार्यरत १८ जना नर्सहरुले १८ हजार,१ सय, पाँच रुपैयाँँँ मानवसेवा आश्रम निर्माण सहयोगार्थ आयोजित श्रीमद भागवतमा ज्ञान महायज्ञमा दान गरेका छन्।