काठमाडौं- नेपाल चिकित्सक संघले बीपी प्रतिष्ठान धरानका कामु उपकुलपतिमाथि भएको दुर्व्यवहारप्रति ध्यानाकर्षण भएको जनाएको छ। संघले दोषीलाई तत्काल कानुन बमोजिम कारबाह गर्न माग पनि गरेको छ।
अभद्र व्यवहारमा संलग्न आरोपमा सम्राट थापा, निशान राई र भीम सुराखेतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कामु उपकुलपति डा प्रल्हाद कार्कीमाथि मंगलबार कालो मोसो दल्ने प्रयास भएको थियो।