काठमाडौं- प्रतिनिधिसभा सदस्य बसन्तकुमार नेम्बाङ अकस्मात परेका छन्। बिरामी परेपछि उपचारका लागि उनलाई काठमाडौँ ल्याइएको छ। उनलाई थप उपचारका लागि केहीबेर अघि हेलिकप्टरमा काठमाडौँ ल्याइएको हो।
नेकपा एमाले ताप्लेजुङको सचिवालय बैठकमा सहभागी हुन फुङ्लिङ गएका उनी अचानक बिरामी परेका हुन्।
जिल्ला अस्पतालले उनलाई उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजान सुझाव दिएको माले ताप्लेजुङका अध्यक्ष भूपेन्द्र थेबेले जानकारी दिए।
पाँचथरबाट निर्वाचित सांसद नेम्बाङ एमाले ताप्लेजुङको इञ्चार्जसमेत छन्। उनी आज बिहान फिदिमबाट ताप्लेजुङ पुगेका हुन्। खाना खाएर कार्यक्रममा जाने समयमा अचानक बिरामी परेपछि सांसद नेम्बाङलाई नजिकैको तमोर अस्पताल लगिएको थियो।
तमोर अस्पतालमा प्रारम्भिक स्वास्थ्य परीक्षणपछि उनलाई जिल्ला अस्पताल लगिएको थियो।