काठमाडौं- म्याग्नस फार्मा प्रालि कर्पोरेट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित भएको छ। द एचआरएम नेपालले फर्मास्युटिकल विधामा म्याग्नसलाई कर्पोरेट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित गरेको हो।
अवार्ड ग्रहण गर्दै म्याग्नस फार्माका म्यानेजिङ डाइरेक्टर सुधीर प्रकाश मास्केले कम्पनीमा काम गर्ने सबैको सामुहीक मिहेनत र निरन्तरको परिश्रमले नै यो अवार्ड पाउन सफल भएको बताए।
म्याग्नस नेपालमा नयाँ नयाँ औषधि उत्पादन गर्ने कम्पनीका रुपमा चिनिन्छ। म्याग्नसले सन् २००८ देखि औषधि उत्पादन सुरु गरेको हो।