काठमाडौं- नेपाली औषधि उत्पादक कम्पनी देउराली-जनता फर्मास्यूटिकल्स प्रालिले ३४ वर्षमा प्रवेश गरेको छ।
३३औं वार्षिकोत्सवका अवसारमा एक शन्देश जारी गर्दै कार्यकारी निर्देशक हरि भक्त शर्माले उदेश्य अनुरुप मानिसहरूको जीवनमा अर्थपूर्ण परिवर्तन ल्याउन किफायती औषधिहरूको उत्पादन गरिरहेको बताएका छन्।
त्यसैगरी उद्योगद्वारा जारी शन्देशमा भनिएको छ 'बिरामीहरूप्रति हाम्रो साझा प्रतिबद्धता र हाम्रो समुहमा अन्तरनिहीत असाधारण जोश, समर्पण, र प्रतिभाले हाम्रो मिशनलाई प्राप्त गर्न सघाँउछ।'
३३औं वार्षिकोत्सवको अवसारमा कम्पनीले गुणवत्ता, विश्वसनीयता र सक्षमताका विधिमा आधारित व्यवसायीक विकास गरिरहने जनाएको छ।