काठमाडौं- एनएमए जुनियर डाक्टर समिति (जेडिसी)ले 'एन्टिटोबाको आर्ट कम्पिटिसन' आयोजना गर्ने भएको छ। अन्तर्राष्ट्रिय क्यन्सर दिवस २०२४ को अवसरमा जेडिसीले 'क्यान्सर अवेरनेस एण्ड एन्टिटोबाको आर्ट कम्पिटिसन' गर्ने भएको हो।
"क्लोज द केयर ग्याप" अर्थात 'उपचारमा असमानता हटाऔं' भन्ने नाराका साथ यस वर्षको अन्तर्राष्ट्रिय क्यान्सर दिवस विश्वभर मनाइँदै छ।
प्रतियोगितामा मेडिकल विद्यार्थी, इन्टर्न, रेजिडेन्ट तथा चिकित्सकहरु सहभागी हुन सक्ने आयोजकले बताएका छन्।
त्यसैगरी उक्त प्रतियोगितामा प्रथम हुनेले १२०००, दोस्रोले रु. ८०००, र तेस्रो रु. ५००० पुरस्कार पाउने जनाइएको छ।