काठमाडौं- काठमाडौं क्यान्सर सेन्टरले स्याहारमा भएको फरकलाई बन्द गरौँ भन्ने नारासहित आइतबार मनाइएको क्यान्सर दिवसका अवसरमा नालारोड भक्तपुरमा विभिन्न कार्यक्रम गरेको छ। कार्यक्रममा अस्पातलका कार्यकारी निर्देशक डा सिमित सापकोटा चलचित्रकर्मी दीपाश्री निरौला, सृजना केसी , चांगुनारायण न.पा का स्वास्थ्य प्रमुखलगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा उपस्थित १०० भन्दा ब९ीले भिआइए जाँच गरेका छन्। उक्त कार्यक्रममा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा सुभाष पण्डितले पाठेघरको मुखको क्यान्सर र स्तनक्यान्सर परीक्षणको महत्वबारे चर्चा गरेका थिए। भक्तपुर जिल्लाभर कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आमन्त्रण गरी क्यान्सर लागे नलागेको बारे निशुल्क रुपमा पाठघरको क्यान्सरको परीक्षण समेत गराईयो। नेपालमा क्यान्सररोगीको संख्या बढ्दो क्रममा छ भने उपचारको सुविधामा पनि बृद्धि भईरहेको छ। नेपालीहरुलाई क्यान्सर लागे स्वदेशमा नै सवै किसिमको उपचार हुने,काठमाडौँ क्यान्सर सेन्टरका निर्देशक डा सिमित सापकोटाले बताए।
काठमाडौं ंक्यान्सर सेन्टर समुदायमा आधारित पहलहरू मार्फत क्यान्सर सचेतना, रोकथाम, र प्रारम्भिक पहिचानलाई प्रवर्द्धन गर्न समर्पित छरहेको अस्पताले जनाएको छ। महिला सामुदायिक स्वास्थ्यस्वयंसेवक कार्यक्रमको साथ यान्सर, यसको जोखिम कारकहरू, र समुदायभित्र प्रारम्भिक पहिचानको महत्त्व बारे सचेतना जगाउन पहुँच र प्रभाव विस्तार गर्ने लक्ष्य अस्पताले राखेको छ।
यो एफसीभीएच क्यान्सर सचेतना कार्यक्रम र भिआइए स्वास्थ्य शिविर प्रारम्भिक चरणमा क्यान्सर रोकथाम र पत्ता लगाउन सक्रिय उपायहरू लिन समुदायका सदस्यहरूलाई शिक्षित र सशक्त बनाउनको सुरुभएको सेन्टरले जनाएको छ।। कार्यक्रमले क्यान्सरका सामान्य प्रकारहरू, जोखिमका कारकहरू, जीवनशैली परिमार्जनहरू, र नियमित स्क्रिनिङको महत्त्वको बारेमा महत्त्वपूर्ण जानकारी फैलाउनमा केन्द्रित रहेको थियो।