काठमाडौं- नेकपा एमालेका नेता एवं पूर्व मन्त्री वसन्तकुमार नेम्वाङको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ। नेम्वाङकी श्रीमती भूमिका सुब्बाले उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको बताएकी हुन्छ।
उनले सामाजिक सञ्जालमार्फत् भनेकी छिन्, 'उहाँको स्वास्थ्यमा सुधार भइरहेको छ। डाक्टरको सल्लाह अनुसार अन्य बाहिरी संक्रमणबाट जोगाउन परिवारको केही सदस्य बाहेकलाई भेटघाट नगराउनु भन्ने निर्देशन आएकोले सम्पूर्ण शुभचिन्तकहरूमा केही समय भेटघाट गराउन नसकिने बेहोरा अवगत गराउन चाहान्छु। उहांको शिघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्नुहुने, आशिर्वाद दिनुहुने आफन्तजन, पार्टी नेताहरू, स्टमित्र, शुभेकच्छुक, गुरूहरू र साथीभाई सम्पूर्णमा हृदयदेखि आभार व्यक्त गर्दछु।'
पाँचथरबाट प्रतिनिधीसभा सदस्य समेत रहेका उनी गत १७ गते ताप्लेजुङ जिल्ला कमिटीको सचिवालय बैठकमा सहभागी हुन त्यहाँ पुगेकको समयमा ब्रेन स्ट्रोक भएको थियो। उनलाई हेलिकप्टरमार्फत् ललितपुरस्थित नेपाल मेडीसिटी हस्पिटलमा पुर्याइएको थियो।