काठमाडौं- सुन तस्करी प्रकरणको छानबिन गर्न बनेको पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको जाँचबुझ आयोगले विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ।
आयोगले सिंहदरबारस्थित कार्यालयमा बोलाएर भण्डारीसँग बयान लिएको हो। राजश्व अनुसन्धान विभागले बरामद गरेको ६० किलो सुन तस्करी प्रकरणमा मुछिएका भण्डारीसँग यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पनि बयान लिएको थियो।
६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग सम्पर्क भएको देखिएपछि भण्डारी पनि बयानमा तानिएका हुन्। यसअघि भेपमार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा समेत भण्डारीको नाम जोडिएको थियो।
आयोगले आजै माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरासँग समेत बयान लिएको थियो।